A vertical shot of the black cat in the dark darkness

रेखाको ‘उपहार’ मा मुकुन भुषाल, पूजासंगै अर्की अभिनेत्री को होलिन्?


अभिनेता मुकुन भुषाल आफ्नो अब्बल अभिनयका लागी परिचित रहेका छन्। ‘बुलबुल’ मा दरिलो अभिनयसंगै सुरु भएको भुषालको करियर सुन्दर देखिन्छ। चलचित्र ‘झिंगेदाउ’ सुपरहिट भएपछी उनको व्यस्तता राम्रै रहेको छ । उनी अभिनित २ चलचित्र भदौ महिनामा रिलिजको तयारीमा रहेका छन्।

ज्ञानेन्द्र देउजाको झिंगेदाउमा आफ्नो दरिलो अभिनय प्रस्तुत गरेका भुषाल उनी देउजाको नयाँ चलचित्र ‘उपहार’ मा अनुबन्धित भएका छन्। रेखा थापाको अभिनय तथा निर्माण रहने चलचित्रमा उनि अनुबन्धित भएका हुन्। भुषालसंग रेखाका श्रीमान बलराम शाहीले कागजी सम्झौता गरेका हुन्। चलचित्रमा पूजा शर्मा मुख्य नायिकाको रुपमा रहेकी छिन् भने अर्की एक अभिनेत्रीको अभिनय चलचित्रमा रहेनछ।

सामजिक विषयबस्तुमा आधारित रहेको चलचित्रको सुटिङ्ग भदौबात सुरु हुनेछ। रेखा फिल्म्स तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा तयार हुने चलचित्रको पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका छन्।

प्रतिक्रिया दिनुहोस्