‘नाङ्गो गाउँ’ टिजर: राजनीति र प्रेम मिसिएको कथा


पछिल्लो समयको सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘नाङ्गो गाउँ’ को टीजर सार्वजनिक भएको छ। चलचित्रको टिजरले स्वार्थ केन्द्रित राजनीति र यसले पारिरहेको प्रभावको वरिपरि घुमेको छ। दयाहाङ राई गाउँको एक इमानदार शिक्षकको रुपमा रहेका छन्।

राजनीतिका खेलाडीका रुपमा शिशिर वाङ्देल रहेका छन्। शिक्षण पेशाबाट राजनीतिमा आएका दया र शिशिर बीचको राजनैतिक टकराव ट्रेलरमा देखाईएको छ। मिरुना मगर दयाको पत्नीको रुपमा देखिएकी छिन्। चलचित्रको टीजरमा अभिनेता कार्म र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई प्रेम जोडीको रुपमा देखाईएको छ।


दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, शिशिर तामाङ, श्रद्धा गिरी, केशव राई, सविन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ। हिमाल शर्मा प्रस्तुतकर्ता रहेको चलचित्रमा जय श्रेष्ठ निर्माता र रामहरि श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्र भदौ २९ गतेबाट प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्