पतीको शब्दमा अन्जु पन्तको स्वर, अभिनयमा छोरी


गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो सुन्दर रुप’ सार्वजनिक भएको छ । पति थिर कोईरालाको शब्द रहेको गीतमा अन्जुलाई रन्जन राईले स्वरमा साथ दिएका छन् । गीतमा नविन कार्कीको संगीत रहेको छ ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा परितोशिका पन्त र बिक्रम बुढाथोकीको अभिनय रहेको छ । परितोशिका अन्जुकी छोरी हुन् । प्रकाश खड्का र टिमले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्