‘उपहार’ मा रेखा, पूजा र बेनिशा


रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन् लागेको चलचित्र ‘उपहार’ को महिला कलाकारको लाइनअप पुरा भएको छ। चलचित्रमा अभिनेत्री बेनिशा हमालको इन्ट्रीसंगै शिर्ष ३ महिला कलाकारको लाइनअप पुरा भएको हो। रेखा थापा स्वयम् यो चलचित्रको शिर्ष भूमिकामा रहेकी छिन् भने पूजा शर्मा यस अगाडी नै चलचित्रमा अनुबन्धित भैसकेकी छिन् ।

तीन महिलाको कथामा निर्माण हुने चलचित्रको महिला कलाकारको लाइनअप बलियो देखिएको छ। बेनिशाले सोमबार औपचारिक रुपमा चलचित्रमा अनुबन्धित भएकी हुन् । चलचित्रमा नायकको रुपमा मुकुन भुषाल र ‘मिस्टर नेपाल’ समर्पण कार्कीले अभिनय गर्ने पक्का भैसकेको छ। अब एक नायक चलचित्रमा अनुबन्धित हुन् बाँकी रहेको छ। भदौबाट चलचित्र सुटिङ्गमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्