निर्माताको रोजाईमा दया र मिरुनाको जोडी, ‘रंगेली ग्याङस्टर’ मा साथ देखिदै


नेपाली चलचित्र क्षेत्रमा अहिले सर्वाधिक खोजिएको जोडीको रुपमा रहेको छ, दयाहाङ राई र मिरुना मगर। दया र मिरुनाले ‘कबड्डी ४’ र ‘जारी’ सुपरहिट सहकार्य गरिसकेका छन्। ‘नाङ्गो गाउँ’ रिलिजको तयारीमा रहेको छ। चलचित्र ‘एन्जिला’ मा दया शिर्ष भूमिकामा रहेका छन् भने मिरुना बिशेष भूमिकामा देखिदैछिन्। दया र मिरुनाको जोडीलाई दर्शकले फेरी अर्को चलचित्रमा हेर्न पाउने भएका छन्।

अर्जुन सुवेदीको निर्देशनमा बन्ने चलचित्र ‘रंगेली ग्याङस्टर’ दया र मिरुनाको जोडी देखिने भएको छ। केहि दिन अगाडी चलचित्रमा मिरुना अनुबन्धित भएकी थिइन्। अर्पण थापा पनि यस अगाडी नै चलचित्रमा अनुबन्धित भैसकेका छन्। चलचित्रमा दयाहाङको प्रवेशले कलाकारको लाइनअप दरिलो बन्दै गएको छ। प्रविन खतिवडा पनि चलचित्रमा अनुबन्धित भएका छन्। भदौ २० गतेदेखि छायांकन सुरु हुने तयारीमा रहेको चलचित्रको कथावस्तु मोरङको रंगेली वरपर केन्द्रित हुनेछ।

प्रतिक्रिया दिनुहोस्