A vertical shot of the black cat in the dark darkness

हरिवंशको ‘ए केटा मादलु पड्का’ मा प्रियंका कार्की


बरिष्ठ कलाकार तथा सर्जक हरिवंश आचार्यको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत ‘ए केटा मादलु पड्का’ सार्वजनिक भएको छ। गीतमा हरिवंशलाई गायिका शान्ती श्री परियारले आवाजमा साथ दिएकी छिन्।

रमाईलो अडियोको भिडियो पनि निर्माण टिमले आकर्षक बनाएको छ। गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा हरिवंश आचार्य, प्रियंका कार्की र सरोज ओली फिचर रहेका छन्।

दिवस गिरिले भिडियोमा कोरियोग्राफी गरेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्