प्रदिप खड्का र आना शर्मा साथ देखिदै, ‘क्यामिनो’ मा जोडी बाधिदै


दिपक वलीको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘क्यामिनो’ मा कलाकार इन र आउट हुने क्रम जारी रहेको छ। केहि समय अगाडी नै सुटिङ्गमा जानु पर्ने चलचित्रका अधिकांश मुख्य कलाकारले चलचित्र छाडीसकेका छन्। प्रदिप खड्का मुख्य भूमिकामा रहने चलचित्रमा नीति शाह मुख्य अभिनेत्रीको रुपमा रहेकी थिइन्। उनि बाहिरीपछि चलचित्रमा अर्की अभिनेत्री आना शर्माको प्रवेश भएको छ।

आना संग औपचारीक सहमति भएको खबर बाहिरिएको छ। रविन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस लगायतको अभिनय चलचित्रमा रहेनछ। निर्माता र व्यानर हेरफेर हुँदा चलचित्रको निर्माणमा ढिलाई भएको हो । चलचित्र अव नयाँ कम्पनी एवान क्रिएसनको व्यानरमा निर्माण हुनेछ भने अमृतमान वली नयाँ निर्माताको रुपमा भित्रिएका छन् ।
दुई सातापछि सुटिङमा जाने तयारीमा रहेको चलचित्रको फिलिपिन्समा ४५ दिन सुटिङ्ग हुनेछ । त्यसपछि तिहारपछि बाँकी सुटिङ्ग नेपालमा गर्ने तयारीमा निर्माण टीम रहेको छ। चोरी बाटो बाट अमेरिका जाने कथामा निर्माण हुने चलचित्रलाई दक्षिण अमेरिकी मुलुकको सेटिङ्गमा फिलिपिन्समा खिचिने छ।

प्रतिक्रिया दिनुहोस्