A vertical shot of the black cat in the dark darkness

रामबाबु गुरुङ्गको ‘डिग्री माईला’ बैशाखमा रिलिज


‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ्गको नयाँ चलचित्र ‘डिग्री माइला : म थर्ड क्लास’ को थिम पोष्टर सार्वजनिक भएको छ । सोमाबर गुरुङ्गले आफ्नो निर्देशनमा तयार हुने चलचित्रको निर्माण घोषणा गरेका छन्। केहि समय अगाडी देखि निर्माण तयारीमा रहेको चलचित्र प्रदर्शनको मिति समेत घोषणा गरिएको छ ।

नयाँ बर्ष २०८१ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। दयाहाङ राईको निर्देशनमा २०७१ सालमा मण्डला थिएटरमा तीनपटक मन्चन भएको ‘डिग्री माईला’ नाटकमा आधारित रहेर चलचित्र निर्माण हुनेछ। चलचित्र दयाहाङ राई नै मुख्य भूमिकामा चर्चा रहे पनि निर्माण टिमले कलाकार सार्वजनिक गरेको छैन। असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा चलचित्रको छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्