नाम परिवर्तन गर्दै दया र मिरुनाको ‘रङ्गेली ग्याङ्स्टर्स’ रिलिज मिति तय


दयाहाङ राई र अभिनेत्री मिरुना मगरको शिर्ष भूमिकामा रहेको चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिवर्तन भएको छ। सोमबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको नाम ‘रङ्गेली’ शिर्षकमा राखेको छ ।

आगामी महाशिवरात्रीको अवसर पारेर फागुन २५ गते प्रदर्शनमा आउने भएको छ। अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा दया र मिरुनाको साथमा अर्पण थापा, प्रविण खतिवडाको पनि अभिनय अभिनय रहनेछ । मोरङ जिल्लाको रङ्गेलीमा सम्पूर्ण छायांकन हुने चलचित्र भदौ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा रहेको छ।

चलचित्रको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्