निर्विकल्प बन्दै दया र मिरुनाको जोडी, एकपछि अर्को चलचित्रमा जम्दै


अहिले चलचित्र बजारमा कसैको चर्चा छ त , दयाहाङ राई र मिरुना मगरको जोडीको। कबड्डी ४ र जारी बक्स अफिसमा ब्लकबष्टर भएपछि यो जोडी खोजी नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक रहेको छ। एक पछि अर्को चलचित्र पाइपलाइनमा रहेका छन्। यहि बीचमा यो जोडीले नयाँ चलचित्रमा सहकार्य पक्का भएको छ।

‘घर ज्वाई’ शिर्षकमा बन्ने चलचित्रमा दया र मिरुनाको जोडी पक्का भएको हो। केहि समय अगाडी दयाले चलचित्रमा साइन गरेका थिए भने मिरुनाले यहि हप्ता चलचित्र साइन गरेकी हुन्। माघबाट छायांकनमा निस्कने तयारीमा रहेको चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्दैछन्। जनक घर्ति मगर निर्माता रहेको चलचित्रमा दया र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देलको अभिनय रहेनछ। जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रको सुटिङ्ग रुकुममा हुनेछ।

प्रतिक्रिया दिनुहोस्