अर्जुनसंग तीन नव गायकको सहकार्य, रेखाको ‘उपहार’ को लागी भरे आवाज


संगीतकार अर्जुन पोख्रेल नेपाली संगीत आकाशका चम्किला तार हुन्। उनले जे छोयो त्यहि हिट हुन्छ भनिन्छ। अझ उनीसंग सहकार्य गर्न गायक देखि सर्जकको बाक्लो लाईन रहने गर्दछ। उनै पोख्रेल नव-प्रतिभालाई अवसर दिन संगीतकारको रुपमा रहने गरेका छन्। भाइरल ट्रेन्डमा रहेका व्यक्ति भन्दा पनि प्रतिभावाना कलाकारसंग काम गर्न रुचाउने संगीतकारको रुपमा पोख्रेल रहेका छन्।

गायनमा मात्र हैन प्रतिभा रहेका कलाकारलाई म्युजिक भिडियो निर्माण गरेर अवसर दिने पोख्रेलले गरेका छन्। पोख्रेलको संगीतमा तीन नवप्रतिभाले गायनमा अवसर पाएका छन्। त्यो पनि चलचित्रको पार्श्व गायनमा। चलचित्रक गीतका लागी त अर्जुन पोख्रेलको जादुको छाडी नै रहेको छ। जे बनायो हिट नै बनाउने गर्दछन्।

अर्जुन पोख्रेलको संगीतमा साईराज खाती, महेन्द्र बिक र रविन भुषालले एक चलचित्रको लागी पार्श्व गायनमा स्वर भरेका छन्।
अर्को मिठो संयोग के भनेको छ भने यी तीनै गायकले चलचित्र ‘उपहार’ को लागी आवाज दिएका छन्। उपहारलाई रेखा थापाले निर्माण गरेकी छिन्। रेखा फिल्म्स र रेखा थापा सधै नव प्रतिभालाई अवसर दिने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्