राजनीतिको वरिपरि घुमेको ‘नाङ्गो गाउँ’ ट्रेलरमा रोमान्स र कमेडीको मिश्रण


दिपेन्द्र लामा निर्देशित चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजनीतिक बिषयमा केन्द्रित चलचित्रको ट्रेलर चार मिनेट लामो बनाईएको छ।

दयाहाङ राई र शिशिर वाङ्देल बीचको चुनावी लडाईको वरिपरि चलचित्रको ट्रेलर घुमेको छ। राजनीतिसंगै ट्रेलरमा रोमान्स र कमेडी मिसाइएको छ। चलचित्रमा दयाहाङ राईको जोडी मिरुना मगरसंग बाँधिएको छ। मिरुना र दया श्रीमान-श्रीमतीको रुपमा देखिएका छन्।

शिक्षण पेशाबाट राजनीतिमा आएका दया र राजनीतिनै गरिरहेका शिशिर बिचको लडाई निकै रोचक रहेको छ। साम्राज्ञी आरएल शाहको प्रेमीको भूमिकामा कार्म शाक्य रहेका छन् ।

वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ आदिको अभिनय रहेको चलचित्र भदौ २९ गतेबाट रिलिज हुदैछ। हिमाल शर्मा प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा जय श्रेष्ठ र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन्।

प्रतिक्रिया दिनुहोस्