मिलन नेवार नाचेको नाच्यै गर्ने


 काठमाडौँ । हरितालिका तिजलाई लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक भएको छ । 

पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाचै गर्ने हो” जस्ता शब्दले सजिएको सुमधुर गीतको शब्द र सङ्गीत राजनराज सिवाकोटीले हो । 

देवीथान म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका मिलन नेवार आफैले अभिनय गर्नुभएको छ । उत्सव दाहालले कैद गर्नुभएको भिडियोका दृश्यहरूको निर्देशन राजेश पुमा राई राईले गर्नुभएको हो भने भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको हाे ।

प्रतिक्रिया दिनुहोस्