‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियोमा सुनिल र बिनाले ठुम्का लगाए


काठमाडौँ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँको दरबारमार्ग स्थित क्युज हलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा स्वर पूर्ण गुरुङको शब्द तथा सङ्गीत रहेको छ ।

दिलीप समनद्धरा निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउत फिचर्ड छन् । ‘सुन कोशी बग्यो सलल’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक यम बरालले भिडियोको बारेमा बोल्दै टिमलाई नै शुभकामना दिए । उनले नेपाली गीत सङ्गीतको पहिले र अहिलेको अन्तरका बारेमापनि बोलेका थिए । 

निर्देशक दिलिपले सुनिल र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । गीतको भाव अनुसार एक मेलाको झझल्को दिन्छ यो म्युजिक भिडियोले । सुनिल र बिनाले मेलामा मज्जाले ठुम्का लगाएका छन् । यस भिडियोलाई दिलिपले निर्देशन गरेका हुन्, भने चिफ एसिस्टेन्ट निर्देशन सुनिल बुढाथोकीले गरेका छन् । त्यस्तै रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुमागाईको सिनेमाटोग्राफी रहेको छ, भने नहकुल खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्