रामबाबुको ‘डिग्री माइला’ मा आंचल शर्मा, तीन चलचित्र यसै बर्ष सुटिङ्ग तयारी


अभिनेत्री आंचल शर्माले लगातार ३ चलचित्र साइन गरेकी छिन्। यहि बर्ष सुटिङ्ग हुने ३ चलचित्रमा उनि लिड अभिनेत्रीको रुपमा देखिदैछिन्। उनले मुस्कान ढकालको निर्देशनमा तयार हुने चलचित्र ‘पञ्चामृत’ र सविन तोलाङ्गीको निर्देशनमा तयार हुने चलचित्र ‘ह्वाइट हाउस’ उनले केहि समय अगाडी साइन गरेकी थिइन्। यहि बिचमा उनले नयाँ चलचित्र साइन गरेकी छिन्। रामबाबु गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्र ‘डिग्रि माईला: एमए थर्ड क्लास’मा अनुबन्धित भएकी छिन्।

बाँसुरी फिम्ल्सको व्यानरमा निर्माण हुने चलचित्रको टिम र आंचल बीच आइतबार औपचारिक सम्झौता भएको हो। नयाँ बर्षको अवसर परेर रिलिज हुने चलचित्र मण्डला थिएटरमा मन्चन भएको नाटक ‘डिग्रि माइला’ संग आधारित रहेर निर्माण हुनेछ। दयाहाङ राई मुख्य भूमिकामा रहेको नाटक सफल बनेको थियो। चलचित्रमा दया नै मुख्य भूमिकामा रहने चर्चा भए पनि आंचल बाहेक निर्माण टिमले अरु कलाकार सार्वजनिक गरेको छैन। शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित रहेर कमेडी जनरामा चलचित्र निर्माण हुनेछ।

अभिनेत्री आंचल शर्मा पछिल्लो समय ‘नाई नभन्नु ल ६’ मा देखिएकी थिइन्। बक्स अफिसमा चलचित्र असफल बनेको थियो । पशुपति प्रसाद २ : भष्मे डन को एक गीतमा उनि फिचर रहेकी थिइन्। फिटनेसमा आंचलले आफुलाई पर्फेक्ट राखिरहेकी छिन्। सामाजिक संजालमा उनले फिटनेसका लागी गरेको मिहेनत प्रष्ट देख्न सकिन्छ। तीन चलचित्र साइन गरेकी आंचलका लागी व्यस्त बर्ष बन्नेछ । अर्को बर्ष उनका चलचित्र रिलिज हुनेछन्।

प्रतिक्रिया दिनुहोस्