A vertical shot of the black cat in the dark darkness

नयाँ बर्षमा रेखा थापाको ‘उपहार’


अभिनेत्री रेखा थापाको निर्माणमा तयार भैरहेको चलचित्र ‘उपहार’ को प्रदर्शन मिति तय भएको छ। नयाँ बर्ष २०८० लाई रेखाले रिलिज घोषणा गरेकी छिन्। ३ महिलाको कथालाई प्रस्तुत गरिएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरिरहेका छन्। रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्रमा मुकुन भुषाल, तेज गिरी र समर्पण थापाको अभिनय रहेको छ।

चलचित्रलाई व्यवसायिक बनाउन रेखाले सक्दो कोसिस गरेकी छिन्। केहि समय सामाजिक बिषयबस्तुमा चलचित्र बनाएर व्यवसायिक रुपमा असफलता भोगेकी रेखा यो पटक त्यो अवस्था चाहान्न। त्यहि भएर पनि उनले चलचित्रलाइ पूर्ण व्यवसायिक बनाउन लागि परेकी छिन्। यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी ग्रुपले काठमाडौं भित्र र मोफसलमा वितरण गर्नेछन्। नयाँ बर्षमा डिग्रि माइला र काजी ले प्रदर्शन मिति तय गरिसकेका छन् भने दिपक-दिपाको नयाँ चलचित्र प्रदर्शनमा आउने चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्