‘नाङ्गो गाउँ’ : नयाँ गीतमा रोमान्टिक दया र मिरुना
भदौ २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको संगीत सुस्मा सिग्देलको शब्द रहेको गीतमा गायिका अञ्जु पन्त र गायक एसडी योगीको स्वर रहेको छ ।
![](https://i0.wp.com/mnmnepal.com/wp-content/uploads/2023/09/369970402_1387070555488976_8715793731958951484_n-768x577.jpg?resize=720%2C541&quality=100&strip=all&ssl=1)
तस्विर: सुरज धामी
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो सुन्दर बनेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी आकर्षक देखिएको छ।
दिपेन्द्र लामाको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा जया श्रेष्ठ निर्माता र कार्यकारी निर्माता रामहरी श्रेष्ठ रहेका छन्। चलचित्रमा कार्म, साम्राज्ञी राज्य लक्ष्मी शाह, शिशिर वाङ्गडेल लगायतका कलाकारको अभिनय रहेको छ।