A vertical shot of the black cat in the dark darkness

कस्तो छ गौरी मल्लको स्वरमा रिलिज नयाँ गीत?


अभिनयमा पारङ्गत मानिएकी गौरी मल्ल गायनमा पनि सौखिन रहेकी छिन्। बेलाबखतमा गायनमा रहेको रुचिलाई उनले प्रस्फुटन गर्ने गर्दछिन्। गौरीको शब्द, संगीत र स्वरमा रहेको नयाँ गीत ‘धिन ताका नाका धिन’ गीतको भिडियो रिलिज भएको छ। गौरीले आफ्नै युट्युव च्यानलमा गीत अपलोड गरेकी छिन्।

तिज लक्षित गीतको भिडियोमा गौरी स्वयम फिचर रहेकी छिन्। सन्तोष राजबहाकको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री मिथिला शर्मा, नीलम पौडेल, तेन्जु योञ्जन र समाइरा श्रेष्ठ फिचर रहेका छन्।

उत्सब दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । मंगलबार प्रेसमिट गर्दै भिडियो लोकार्पण गरिएको थियो। गौरी कार्यक्रममा पटक पटक भावुक वनेकी थिईन। मिथिला शर्मा, बसुन्धरा भूषाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्लकि आमा लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्