दिवाकर र दिपिकाको ‘मायावी’ असोजमा सुटिङ्ग हुने


दिवाकर भट्टराईको निर्माण र निर्देशनमा तयार हुने चलचित्र ‘मायावी’ को घोषणा भएको छ। वर्कसपको काम चलिरहेको चलचित्र असोज २ गतेबाट सुटिङ्गमा जानेछ। पोखरामा सम्पूर्ण छायाकन गरिने चलचित्रमा अभिनेत्री दिपिका प्रसाई मुख्य अभिनेत्रीको रुपमा रहेकी छिन्।

यहि चलचित्रमा आशिर्वाद क्षेत्री नायकको रुपमा अभिनय गर्ने खबर बाहिरिएको थियो। चलचित्रमा अन्य दुई अभिनेता फाइनल भएको र चाडै सार्वजनिक गर्ने तयारिमा निर्माण टिम रहेको छ । ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको दोस्रो पटक सहकार्य गर्दैछन् । क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको चलचित्रमा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्