ट्रेन्डिङको पहिलो नम्बरमा प्रकाश सपुतको ‘जाले रुमाल फाट्यो’


नेपाली सर्जकमा पछिल्लो समय प्रकाश सपुतको नाम पहिलो नम्बरमा रहेको छ। हरेक सृजनालाई सफल र सन्देशमुलक बनाउन सपुतले सक्दो कोसिस गरेका हुन्छन्। उनकै सिर्जनामा रहेको नयाँ गीत ‘जाले रुमाल फाट्यो’ यतिबेला चर्चामा रहेको छ। १८ लाख बढीले हेरिसकेको गीत युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ।

सकारात्मक प्रतिक्रिया बटुलिरहेको गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ। गीतमा प्रकाश सपुतको शब्द र संगीत रहेको छ। २ बर्ष अगाडी रिलिज भएको गीत ‘कुरा बुझ्न पर्च’ को पार्ट २ को रुपमा यसलाई रिलिज गरिएको हो।

प्रकाश सपुत कथा र निर्देशन रहेको गीतमा सपुतसंगै स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहारी लगायतका कलाकारहरुको अभिनय छ । नवराज उप्रेतीको छायाँकन, प्रविण भट्टको सम्पादन रहेको भिडियोलाई सुनिल विकले सह निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्