A vertical shot of the black cat in the dark darkness

गीतले बढाएको ‘नाङ्गो गाउँ’ को हाइप, व्यापारमा कस्तो पर्ला प्रभाव


भदौ २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘नाङ्गो गाउँ’ को गीत ‘सुन सुन सुन्दरी’ केहि दिन अगाडी रिलिज भएको थियो। रिलिज गीत सकारात्मक प्रतिक्रिया सहित युटुव ट्रेन्डिङमा रहेको छ। यो गीतलाई दर्शकले रुचाएका छन्। सामजिक संजाल टिकटकमा यो गीतलाई सयौ दर्शकले भिडियो बनाएका छन्।

अन्जु पन्त र एसडी योगीको सुमधुर स्वर रहेको ‘भए शिरफूल नभए लाउलाउ लाछा डोरी उनैको, सबको माया बैगुनी छ तिम्रो माया गुनैको’ अंशलाई निकै रुचाइएको छ । यी पंक्तिमा टिकटक बनाउनेको लर्को नै छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिचर्ड गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । सुष्मा सिग्देलले लेखेको गीतमा सुशान्त गौतमले संगीत सृजना गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र हलमा सफल हुने आंकलन धेरै रहेको छ। दया र मिरुनाको साथमा चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, कार्म, बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्