A vertical shot of the black cat in the dark darkness

दया र मिरुनाको ‘रंगेली छायांकन सुरु, ‘नांगो गाउँ’ प्रिमियरपछि दुवै जोडिने


अहिले चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त रहेको जोडी हुन्, दयाहाङ राई र मिरुना मगर । कबड्डी ४ र जारी सुपरहिट बनेपछि यो जोडीलाई लिएर चलचित्र निर्माण गर्नेको लर्को नै रहेको छ। यहि जोडी मुख्य भूमिकामा रहेको चलचित्र ‘नांगो गाउँ’ शुक्रबारदेखि रिलिज हुदैछ। यी दुवै मुख्य भूमिकामा रहेको चलचित्र ‘रंगेली’को छायांकन मंगलबार बाट सुरु भएको छ।

बुधाबार नांगो गाउँको प्रिमियर राखिएको छ। ‘गाउँ आएको बाटो’ प्रिमियरका दयाहाङ टोरन्टो पुगेका स्वदेश फर्किएका छन्। दया र मिरुना नांगो गाउँको प्रिमियर लगत्तै छायांकन सेट पुग्नेछन्। चलचित्रका निर्माताले मुहूर्तको तस्वीर सेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका छन् । ग्याङस्टर कथावस्तुमा बन्न लागेको चलचित्रमा अर्जुन सुवेदीको निर्देशन रहेको छ । सुसन प्रजापतिले खिच्ने चलचित्रलाई प्लानेट थ्री फिल्म्स एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण गरिदैछ। फागुन २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा अर्पण थापा, प्रविन खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्