‘नाङ्गो गाउँ’ को बिहानै शो सुखद, दर्शकले दिए यस्तो प्रतिक्रिया


आजबाट देशभरका हलमा रिलिजमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले सुखद सुरुवात गरेको छ । आज बिहानैबाट चलचित्रमा दर्शकको चाप राम्रो रहेको छ । मल्टिप्लेक्सहरुमा दर्शकको चाप सुखद देखेपछि यसको निर्माणपक्ष उत्साहित देखिएको छ । मध्यान्नपछिका शोहरुमा बुकिङ राम्रो देखिएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। आज बिहान काठमाडौंको एफक्यूब हलमा चलचित्र हेर्न पुगेका दर्शकहरुले ‘नाङ्गो गाउँ’ राम्रो चलचित्र बनेको बताए ।

केही दर्शक त यो चलचित्रको हिट गीत ‘सुन सुन सुन्दरी’मा हल भित्रै नृत्य समेत गरिरहेका थिए । चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यो चलचित्रको कथावस्तु, दिन खोजेको सन्देश मन परेको बताए । चलचित्र हेरेर फर्किएका दर्शकले गज्जब भनेपछि यसका निर्देशक दीपेन्द्र लामाले खुशी व्यक्त गरे ।

हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, विशाल पहारी, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्