घरेलु हिंसाको कथा ‘सिता’, कस्तो बन्यो ट्रेलर?


सहिन प्रजापतिको लेखन तथा निर्देशनमा आउँदै गरेको टेलिसिरियल सिताको ट्रेलर सार्वजनिक भएको छ । आरटि इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक ट्रेलरमा गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई मुख्य रुपमा उठान गरिएको छ । सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सिताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन् ।

त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । त्यस्तै ट्रेलरमा राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका देख्न सकिन्छ ।

यहि असोज ८ गते राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने टेलिसिरियलले दर्शक स्रोताहरुको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ । ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण भएपछि ८ः३० मा आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिनेछ । प्रत्येक मंगलबार ८ बजे हिमालय टेलिभिजन र आरटि इन्टरटेन्मेन्टमा सिता सिरियल हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्