A vertical shot of the black cat in the dark darkness

सुरु भयो ‘डिग्री माइला’ को सुटिङ्ग


रामबाबु गुरुङ्गको निर्देशनमा तयार हुदै रहेको चलचित्र ‘डिग्री माइला’ को सुटिङ्ग सुरुवात भएको छ। केहि दिन अगाडी शुभ मुहर्त गरिएको चलचित्रको सुटिङ्ग सुरुवात भएको जानकारी निर्देशक गुरुङ्गले सामाजिक संजाल मार्फत गराएका छन्।

दयाहाङ राई र आंचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्रमा बुद्धि तामाङ्ग, माओत्से गुरुङ्ग, विजय बराल लगायतका कलाकारको अभिनय रहनेछ। चलचित्रको सुटिङ्गमा दया केहि दिनमा जोडिने छन्। नयाँ बर्षमा चलचित्र रिलिजको तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्