‘हात्तीछाप’ पोष्टरमा बन्धक दया र उपासना


माघ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ को दोश्रो पोष्टर सार्वजनिक भएको छ। अघिल्लो हप्ता अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माण टिमले अर्का मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई फिचर्ड गरेर नयाँ पोस्टर सार्वजनिक गरेको छ।

आइतबार सार्वजनिक गरिएको पोष्टरमा जसमा बाँधेर कोठाभित्र बन्धक बनाइएको अवस्थामा देख्न सकिन्छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा विल्सन विक्रम राई, बेनिशा हलमा, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, लगायतका कलाकारको अभिनय रहेको छ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा पुष्कर गुरुङ र अमला देवी राई निर्माता रहेका छन्। सरोज नेपाली चलचित्रका कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्