A vertical shot of the black cat in the dark darkness

कस्तो छ ‘परदेशी २’ को ट्रेलर?


असोज २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ। नारायण रायमाझी निर्देशित चलचित्र दर्शकका लागि प्रतिक्षित रहेको छ। यसको प्रतीक्षा दुई कारणले छ एक त सुपरहिट चलचित्रको नाम सिक्वेल अनि अर्को गायक प्रकाश सपुतको डेव्यु चलचित्र।

पहिलो परदेशीमा गायक प्रशान्त तामाङ्ग अभिनेताको रुपमा रहेका थिए। गायनमा सफल भएपछि अभिनयमा होमिएका सपुतका लागी बिशेष रहेको छ। सांगीतिक चलचित्रको ट्रेलर निकै भावुक बनाउने काटिएको छ। दशैँको अवसरमा रिलिज हुन लागेको यो चलचित्रले बक्स अफिसमा कमाल गर्ने अपेक्षा गरिएको छ।

प्रकाश सपुतको साथमा चलचित्रमा केकी अधिकारी, प्रशान्त तामाङ्ग, बर्षा सिवाकोटी, देवेन्द्र बब्लु, दिलिप रायमाझी, निर शाह, रमा थपलिया लगायतको अभिनय रहेको छ। चलचित्रमा नारायण रायमाझी र राजेश बन्सल निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्