माघमा रेखा, पुजा र बेनिशाको ‘उपाहार’


ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ। छायाँकनको अन्तिम चरणमा रहेको चलचित्र नयाँ बर्षमा रिलिज हुने चर्चा रहेको थियो। तर अव चलचित्र माघ २६ गतेबाट प्रदर्शनमा आउनेछ। रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्र कलाकारका कारण नै चर्चामा रहेको छ।

चलचित्रको पहिलो गीत चाडै सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ। अर्जुन पोखरेल र बबुल गिरीले संगीत, विष्णु कल्पितको छायाँकन, कविराज गहतराजले कोरियोग्राफी चलचित्रमा रहेको छ। चलचित्रमा शिशिर राणा, मुकुन भूषाल, तेज गिरी, सर्मपण जंग कार्की लगायत अन्य कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्