बढ्दो दया र मिरुनाको डिमाण्ड, सरोजको ‘लोकल हिरो’ मा साथ देखिदै


नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय कुनै जोडीको सर्वाधिक खोजि रहेको छ भने त्यो हो , दयाहाङ राई र मिरुना मगर। ‘कबड्डी ४’ , ‘जारी’ र ‘नाङ्गो गाउँ’ मा सफलताको स्वाद चाखेको यो जोडी लगातार चलचित्रमा अनुबन्धित भैरहेका छन्। यहि बीचमा सरोज न्यौपानेको निर्माणमा तयार हुने नयाँ चलचित्र ‘लोकल हिरो’ मा दया र मिरुनाको जोडी अनुबन्धित भएको छ।

कार्तिकबाट सुटिङ्गमा जाने तयारीको साथमा चलचित्रको घोषणा गरिएको हो। विश्वास तिमल्सिना र राज ऋषिले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्रको रिलिज लक्ष्य फागुन २५ लाई राखिएको छ। तीन करोड बजेट अनुमान गरिएको चलचित्रको छायांकन काठमाडौं, काभ्रेपलाञ्चोक र झापामा हुने जानकारी प्राप्त छ । सरोजको निर्माणमा यहि बर्ष अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘जेरी अन टप’ सुटिङ्ग हुने तयारीमा रहेको छ भने अर्को बर्ष एक कमेडी चलचित्रको निर्माण तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्