A vertical shot of the black cat in the dark darkness

सन्दिपलाई दिपाश्री मन परेपछी


आज घटस्थापाना संगै यो बर्षको दशैँ प्रारम्भ भएको छ। दशैँको उमङ्गको सुरुवात संगै दशैँ लक्षित गीतहरु रिलिजको क्रम बढेको छ।

यहि बिचमा गायिका रानी शाक्य र राजनराज शिवाकोटीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। दशैँ बिशेष भन्दै ‘मन परेसी’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा देवेन्द्र केसीको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ।


कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपाश्री निरौला, सन्दिप क्षेत्रीम सरोज राना प्रजा र आभा थापाको अभिनय रहेको छ। कविराज गहतराजले कोरियोग्राफी तथा निर्देशन गरेका भिडियोमा सुदीप बरालको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्