वियोगमा पुष्प खड्का


देवी घर्तिमगर र ध्रुव बिस्केको आवाजमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ रिलिज भएको छ । गीतमा ध्रुवको नै शब्द संगीत रहेको छ । वियोगान्त गीतको भिडियोमा पुष्प खड्का र मनिषा थापा फिचर रहेका छन् ।

ध्रुवले नै निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र हुमागाईले खिचेका छन्। भिडियोमा दिनेश डिसी, रश्मि भट्ट, जेरी भण्डारी लगायतका कलाकारको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्