‘दिमाग खराब’ लाई मल्टिप्लेक्समा उच्च शो, सेन्सरले बिना कैची दियो युनिभर्सल सर्टिफिकेट


दर्शक र चलचित्रकर्मी दुवैका लागी प्रतिक्षित चलचित्र हो, ‘दिमाग खराब’। निश्चल बस्नेतले ६ बर्षपछि निर्देशनमा कमव्याक गरेको चलचित्र, स्टारकाष्ट र बिषयबस्तुले दर्शकको ध्यान खिचिरहेको छ। ट्रेलर र गीतसंगीत आकर्षक देखिएका छन्। नेपाली चलचित्र क्षेत्रमा ट्रेन्ड परिवर्तन गर्न सफल निर्देशकको रुपमा निश्चललाई हेरिएको छ। धारासायी बनेको चलचित्र क्षेत्रलाई फेरी नयाँ आयाम दिन सफल मानिएका निश्चलबाट एक फरक र उत्कृष्ट चलचित्रको अपेक्षा गरिएको छ। कार्तिक २४ गतेबाट रिलिज हुने चलचित्रको सेन्सर पास भैसकेको छ । बिना कैची सेन्सर बोर्डले चलचित्रलाई रिलिज अनुमति दिएको छ। साढे २ घण्टाको चलचित्रलाई सेन्सरले युनिभर्सल सर्टिफिकेट दिएको छ। सेन्सरसंग निश्चलको लफडा नपरेको यो पटक हो ।

सेन्सर निश्चलसंग उदार बनेजस्तै मल्टिप्लेक्सहरु पनि निश्चल र उनको चलचित्रका लागी सहयोगी देखिएका छन्। बर्षकै प्रतिक्षित चलचित्र भएको हिसाबले पनि मल्टिप्लेक्सले आकर्षक शो दिएको छ। ६ दिन तिहारको बिदा भएको कारण पनि चलचित्रको व्यापारिक आंकडा आकर्षक हुने अनुमान गरिएको छ। मल्टीप्लेक्सले डेढ सय बढि शो चलचित्रलाई उपलब्ध गराएको छ। यो आफैमा आकर्षक शो संख्या हो।

वर्ड अफ माउथ बलियो भएमा चलचित्रको इनिशियल व्यापार ‘पशुपति प्रसाद २: भष्मे डन’ को भन्दा बढी हुने आंकलन गरिएको छ। चलचित्र रिलिजको दुई दिनपछि सलमान खानको ‘टाइगर ३’ रिलिज हुने भएकाले पनि २ दिनमा चलचित्रको व्यापर आकर्षक गर्नुपर्ने दवाव निर्माण टिमलाई रहेको छ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का,विजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई रौनक विक्रम कंडेलले निर्माण गरेका हुन्। सुरज बम ठकुरी चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्