A vertical shot of the black cat in the dark darkness

दया र सुरक्षाको ‘कार्साङ’ मा शिल्पा मास्के अनुबन्धित


अभिनेत्री शिल्पा मास्केले जति चलचित्रमा अभिनय गरेकी छिन् ती चलचित्रबाट आफुलाई प्रमाणित गरिसकेकी छिन्। व्यवासायिक हिसाबले सफल हुन् नसके पनि शिल्पाको अभिनयको प्रसंशा सधै हुने गरेको छ। यहि बीचमा शिल्पा नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। यम शेर्पाको निर्देशनमा तयार हुने चलचित्र ‘कार्साङ’मा शिल्पा मास्के मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनीसँग निर्माण टिमले यसै साता सम्झौता गरेको हो ।

यसअघि दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तामाङ र नव–कलाकार छिरिङ शेर्पा चलचित्रमा यस अगाडी नै फाइनल भैसकेका छन्। मंसिरको दोस्रो हप्ताबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा चलचित्रको छायकन हुनेछ।

निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र यार्सा फिल्मस्को व्यानरमा निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्