A vertical shot of the black cat in the dark darkness

कस्ती छिन् ‘रङ्गेली’ कि जुनकिरी ?


अभिनेता दयाहाङ राई ग्याङस्टार भूमिकामा प्रस्तुत भएको चलचित्र ‘रङ्गेली’ फागुन २५ गतेबाट रिलिज हुदैछ। महाशिवरात्रिको अवसर पारेर रिलिज हुने चलचित्रको पहिलो झलक केहि दिन अगाडी सार्वजनिक गरिएको थियो। दयाहाङ राई फिचर पोष्टर सार्वजनिक गरेको टिमले अभिनेत्री मिरुना मगरको नयाँ पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा मिरुनालाई जुनकिरीको रुपमा चित्रित गरिएको छ।

मिरुनाको जुनकिरी अवतार केहि निरास र भावुक भावमा देखिएको छ। अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकी लगायतको मुख्य भूमिका रहेको चलचित्रमा अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा जितेन्द्र खतिवडा र अनुज जङ्ग थापा रहेका छन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्