A vertical shot of the black cat in the dark darkness

प्रदर्शनको तेश्रो सातामा ‘दिमाग खराब’, दुई साताको कमाई कति?


कार्तिक २४ गतेबाट रिलिज भएको चलचित्र ‘दिमाग खराब’ प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको छ। निश्चल बस्नेत निर्देशित चलचित्रको वर्ड अफ माउथ बलियो रहेको छ । सोहि कारण पनि चलचित्रले दर्शकको राम्रो साथ पाईरहेको छ र अझै केहि हप्ता पाउनेमा निर्माण टिम विस्वस्त रहेको छ।

चलचित्रले २ हप्तामा ७ करोड माथीको ग्रस कलेक्शन गरेको बताईएको छ। ४ करोडको लगानी बताइएको चलचित्रले घरेलु बक्स अफिसबाट नाफा कमाउन अझै कसरत गर्नु पर्ने छ । ओभरसिज र डिजिटल राइट्स र घरेलु बक्स अफिसको अहिलेसम्मको कलेक्सनले भने चलचित्र सुरक्षित रहेको बुझ्न सकिन्छ। खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्