A vertical shot of the black cat in the dark darkness

‘परदेशी २’ ले पुरा गर्यो प्रदर्शनको ५१ दिन


असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ ले प्रदर्शनको ५१ औ दिन पुरा गरेको छ । राजधानी र मोफसलका केहि हलमा चलचित्र यो सफलता हासिल गरेको हो । नारायण रायमाझी निर्देशित चलचित्रले ५१ दिन पार गरेको अवसरमा केक काटेर खुशियाली साटेको छ।

शनिबार बेलुका चलचित्रको टिमले यो खुशियाली साटेको हो। प्रकाश सपुत, केकी अधिकारी, बर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, निर शाह लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ। राजेश वंशल र नारायण रायमाझीले चलचित्रलाई निर्माण गरेका हुन्। नेपालमा ५१ दिन मनाएको चलचित्रले विश्वका विभिन्न देशमा आफ्नो प्रदर्शन आरम्भ गरेको छ।

प्रतिक्रिया दिनुहोस्