आर्यन सिग्देल र दिनेश राउतको पुर्नमिलन: दुई चलचित्रमा सहकार्य गर्दै


भनिन्छ सच्चा साथी उही हो जसले सुखमा भन्दा दुखमा साथ दिन्छ। सफलता भन्दा असफलता मा काँध थापेर हौसला दिन्छ। विश्वास गरेर कामको बाटो देखाईदिन्छ। ठ्याक्कै त्यस्तै लागू भएको छ अभिनेता आर्यन सिग्देलको जीवनमा। चकलेटी अभिनेताको पहिलो हिट नायकको रुपमा आर्यनलाई लिन सकिन्छ, पछिल्लो डिजिटल चलचित्र यात्राको कुरामा। उनको चलचित्र करियर ग्राफ रोचक रहेको छ।

सफलताको स्वाद बीच लगातार असफलता भोगेको लामो समय भयो। निर्देशक दिनेश राउत हिट चलचित्र मेकर हुन्। लभस्टोरी जनरामा आफुलाई अब्बल सावित गरेका दिनेशको सोसियल ड्रमा मेकिङ्ग सेन्स उस्तै सफल हुदै आएको छ। आर्यन र दिनेश हितैसी मित्र, लगातार हिट चलचित्रमा सहकार्य समेत भएको थियो। तर आर्यनको लापरबाही दुवैको दोस्तीमा दरार पैदा गर्ने मुख्य कारण सवैलाई थाह छ। दिनेश क्याम्पबाट बाहिरिएसंगै आर्यनको असफल यात्रा सुरुवात भएको थियो। उनै आर्यनको डुवेको करियर उठाउने जिम्मा दिनेशले आफ्नो काँधमा लिएका छन्। मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’ मा आर्यन सिन्ग्देल मुख्य भूमिकामा रहेका छन्।

उनको साथमा प्रदिप खड्का र पल शाह चलचित्रमा मुख्य अभिनेताको रुपमा रहेका छन्। निर्देशक र कलाकारको यो गज्जबको मिलनले नै चलचित्र प्रतिक्षित बन्ने पक्का छन्। दिनेशले यो लगत्तै अर्को चलचित्र बनाउने तयारी गरेका छन्। ‘गाउँ नै रमाइलो’ शिर्षकको चलचित्रमा आर्यन र अहिलेका सर्वाधिक व्यस्त नायक दयाहाङ्ग राई मुख्य भूमिकामा रहने समाचार शिर्षक रहेका छन्। अझ एक अर्का अभिनेता रहने चर्चा समेत रहेको छ। यो सहकार्य पनि दर्शकका लागी आकर्षक हुनेछ। यस अर्थमा आर्यनले दिनेश राउतको साथमा आफ्नो करियरमा हिट दिने सोचाइमा रहेका छन्। जे होस् यो टीमअप नेपाली चलचित्र क्षेत्र र दर्शकका लागी पनि फलदायी नै हुनेछ।

प्रतिक्रिया दिनुहोस्