A vertical shot of the black cat in the dark darkness

चर्चामा प्रदिप र स्वस्तिमाको जोडी, यस्तो छ सहकार्यको तयारी


अभिनेता प्रदिप खड्का र अभिनेत्री स्वस्तिमा खड्का दुवै अभिनय र चलचित्रको कथा छनोटक लागी सफल सावित हुदै आएका छन्। गज्जबको फ्यान फलोअर्स रहेका प्रदिप र स्वस्तिमा एकै चलचित्रमा देखिने चर्चा यतिबेला चलिरहेको छ। अदृत फिल्मसको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘एक्टर’ मा प्रदिप खड्का मुख्य भूमिकामा रहने औपचारिक सम्झौता भैसकेको छ।

अव चलचित्रको मुख्य अभिनेत्रीको रुपमा स्वस्तिमा खड्का रहने चर्चा चलेको छ। स्वस्तिमाले अष्ट्रेलिया जानु अगाडी चलचित्रको टीमलाई ग्रिन सिग्नल दिईसकेको बुझिएको छ। स्वस्तिमा अष्ट्रेलियाबाट फर्किएपछि औपचारिक सम्झौता हुने बुझिएको छ। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रलाई राजन भुसालले निर्देशन गर्नेछन्। विज्ञापनमा संगै सहकार्य गरेको यो जोडीको ठुलो पर्दामा पहिलो सहकार्य हो।

सोहि कारण पनि दर्शकका लागि यो चलचित्र चासोको बन्ने पक्का छ। अर्को कुरा आफुलाई अभिनयमा पनी सफल सावित गरिसकेका दुवैको केमेष्ट्री चलचित्रमा गज्जबको देखिने अनुमान गर्न सकिन्छ। यो फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस्