A vertical shot of the black cat in the dark darkness

‘मनसरा’ मा दया र मिरुनाको जोडी, उपेन्द्र सुब्बाको निर्देशन


बजारमा अहिले चर्चा त, दयाहाङ राई र मिरुना मगरको जोडीको। दुवै एकपछि अर्का चलचित्र सुटिङ्ग, साइन र रिलिजको तयारीमा रहेका छन्। लगातार तीन चलचित्र हिट दिएको यो जोडीको चलचित्रको लाइन लामै बनेको छ। यस वर्षको सुपरहिट चलचित्र ‘जारी’ को यो जोडी पुन एक चलचित्रमा देखिने भएको छ।

जारी निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुने चलचित्र ‘मनसरा’ मा दया र मिरुनाको जोडी देखिदैछ। जारीको टीमअप पक्कै आकर्षक बन्ने देखिन्छ। कबड्डी फिल्मस्ले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। मिरुना मगर चित्रित पोष्टरमा चलचित्रको रिलिज मिति बैशाख २१ लाई तयार गरिएको छ। चलचित्रमा प्रविण खतिवडा, मेनुका प्रधान र हेमन्त बुढाथोकीको अभिनय रहनेछ। शैलेन्द्र ध्वज कार्की निर्माता रहेको चलचित्रमा सिजन दाहाल कार्यकारी निर्माता, विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्