रोमान्टिक गौरव र नम्रता, नम्बरी सुनमा कस्तो तेखियो केमेष्ट्री ?


चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा चलचित्रका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन्। रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री आकर्षक देखाइएको छ ।

माघ १९ गतेबाट रिलिज हुने चलचित्रमा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीको अभिनय रहेको छ ।

राजु गिरीको निर्देशन रहेको चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ । नारायण खाती प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्