‘पर्खि बसें तिमीलाई’ नयाँ पोष्टर, पौष २७ मा रिलिज हुदै


पुष २७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘पर्खि बसें तिमीलाई’ को दुई नयाँ पोष्टर सार्वजनिक भएको छ। निर्माण टिमले चलचित्रको कथासार बुझाउने उदेश्यले चलचित्रको पोष्टर सार्वजनिक गरेको हो। दीपक श्रेष्ठ निर्देशित चलचित्र नयाँ कलाकारको बाहुल्यता रहेको छ। किरण श्रेष्ठ र रक्षा बुढाथोकी यहि चलचित्र मार्फत डेव्यु गर्दैछन्।

किरण र रक्षा एक पोष्टरमा रोमान्टिक भावमा देखिएका छन्। शिव श्रेष्ठ, अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ। राजाराम बुढाथोकीको निर्माण रहेको चलचित्रमा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, निशा रसाइली र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्