असारमा दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ रिलिज पक्का


दयाहाङ राई र मिरुना मगरको जोडीलाई लिएर चलचित्र घोषणा र रिलिजको लिष्ट लामो बनेको छ। एकपछि अर्को चलचित्रमा दुईको जोडी देखिदै आएको छ । यहि बीचमा दुई मुख्य भूमिकामा रहने नयाँ चलचित्रको रिलिज मिति पक्का भएको छ । दया र मिरुनालाई सुटिङ्गको सेड्युल मिलाउन नै हम्मे हम्मे परिरहेको बेला एकपछि अर्को चलचित्रले रिलिज मिति तय गर्नु आफैमा अन्योलको बिषय बन्दै आएको छ। बिशेस गरि दयाको पाइपलाईनमा दर्जन बढी चलचित्रको सुटिङ्ग सेड्युल रहेको छ। नेपाल देखि अमेरिकाको सेड्युल उनलाई मिलाउनु पर्नेछ ।

यो अर्थमा पनि चलचित्रका रिलिज मिति तय हुनुले मनमा शंका हुनु स्वभाविक रहेको छ। यहि बीचमा दया र मिरुना मुख्य भूमिकामा रहेको चलचित्र ‘घरज्वाइँ’को प्रदर्शन मिति तय गरिएको छ। असार २८ बाट यो चलचित्र रिलिज हुने थिम पोष्टर सार्वजनिक गर्दै जानकारी गराईएको छ। अनिल बुढा मगरको निर्देशनमा तयार हुने चलचित्रमा दया र मिरुनाको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुनको अभिनय रहनेछ। पूर्वी रुकुमको तकसेरामा आगामी माघ तेस्रो हप्ताबाट सुटिङ्ग सुरुवात गर्ने तयारीमा निर्माण टिम रहेको छ। जीएम मुभिज प्रोडक्सनको प्रस्तुतीमा जनक घर्ती मगरको निर्माणमा चलचित्र तयार हुनेछ।

प्रतिक्रिया दिनुहोस्