प्रतापको स्वरमा ‘चाहन्छु ५’ , बरुण र कुसुमको रोमान्टिक जोडी


गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

सरोजकै प्रस्तुती रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँवर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको छ ।

कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन समेत गरिसकेका चर्चित व्यक्ति हुन् । उनी विगत ५ वर्षदेखि अमेरिकामा रहदै आएका छन् । साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्