A vertical shot of the black cat in the dark darkness

फस्टलुक सार्वजनिक गर्दै ‘परदेशी २’ रिलिज तय


कोरोना महामारी अगाडी नै  निर्माण भएको चलचित्र ‘परदेशी २’ ले आफ्नो रिलिज मिति तय गरेको छ।  गायक प्रकाश सपुतको डेव्यु चलचित्रले पोष्टर सार्वजनिक गर्दै आगामी दशैलाई चलचित्रको रिलिज मिति तय गरेको हो।  मिति नतोकिए पनि निर्माण टिमले दशैमा चलचित्र रिलिज गर्ने पक्का गरेको हो।  नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका छन्।  राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ।  एक त सफल चलचित्रको सिक्वेल अनि कलाकारको राम्रो उपस्थितिका कारण चलचित्र दर्शकका लागी प्रतिक्षित रहेको छ।  चलचित्रमा  नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारले पनि अभिनय गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्