जन्मदिनमा प्रेमीलाई पूजाको सप्राइज: औंलामा ट्याटु, मध्यरातमा केक


अभिनेत्री पूजा शर्मा र व्यवसायी युद्ध बानियाँ बिचको प्रेम खुल्ला किताब जस्तै रहेको छ। करिव तीन बर्ष देखि प्रेममा रहेको यो जोडी व्यक्तिगत देखि व्यवसायिक जीवनसम्म संगै रहेको छ। ‘ट्याग’ नामक रेष्टुरेन्ट झम्सिखेलमा दुईले मिलेर संचालन गरिरहेका छन्। उनै पूजाका प्रेमी युद्धको आज जन्मदिन।

जन्मदिनलाई सप्राइजमय बनाउन उनले कुनै कसर बाँकी राखिनन्। उनले मध्यरातमा आफ्नै रेष्टुरेन्टमा युद्धलाई जन्मदिनको सप्राईज दिएकी छिन्। पूजाले आफ्नो औंलामा युद्धको नामको ट्याटु ‘यु’ लेखेर सप्राईज दिएकी हुन्। युद्धले पनि पूजाको औंला र निधारमा चुम्बन गरेर धन्यवाद भावको प्रेम दर्शाएका छन्। सामाजिक संजालमा पूजाले अपलोड गरेका स्टोरीले सोहि प्रेमभाव देखाउछ। पूजाले युद्ध आफ्नो जीवनमा कति महत्वपूर्ण भएको बताउन नपर्ने र हरेक दिन आफ्नो जीवनमा आशिर्वाद मिलिरहेको बताएकी छिन्। पूजाले युद्धसंगको भेट आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण पल भनेर व्याख्या समेत गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्