मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक


मेनुका पौडेलको गायकीको प्रशंसक यतिबेला विश्वभर रहेका छन्। बिशेषगरी भारतीय रियालिटी शो इन्डियन आइडलमा पुगेर चर्चाको शिखरमा रहेकी मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो । राजनराज शिवाकोटीको नै शब्द संगीत गीतमा सुन्न सकिन्छ।


गीतका गायक राजनराज शिवाकोटीले मेनुकाको प्रतिभालाई सही समयमै श्रोतामाझ पुर्‍याउन आफूहरूले यो गीत बजारमा ल्याएको बताएका छन् । राजनराज भन्छन्, ‘मेनुकाले जुन सफलता हासिल गरिरहेकी छिन् यो गीतले त्यो सफलतामा अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु’। ‘इन्डियन आइडलमा सङ्गीतकी साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको ‘साङ्गीतिक उडान’मा थप सफलता मिल्ने विश्वास लिएको छु। ‘

इन्डियन आइडलमा मिलिरहेको सफलता र चर्चाकै बीचमा बजारमा आएको नेपाली गीतलाई थप चासोका साथ हेरिएको छ । मेनुकाले इन्डियन आइडलमा दर्शक श्रोता माझ मात्र हैन कार्यक्रमका निर्णायक र अतिथिहरूलाई चकित हुने गरी गीत गाइरहेकि छिन्।

प्रतिक्रिया दिनुहोस्