A vertical shot of the black cat in the dark darkness

प्रदिपलाई भुवनको ‘सुपरस्टार’ सम्बोधन, बिग्रिएको सम्बन्ध सुधार्न देखियो प्रयास


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र अहिलेका सफल अभिनेता प्रदिप खड्का बिच सम्बन्ध चिसिएको बर्ष दिन बित्न लाग्यो। प्रेमगीत ३ रिलिजको समय चरम उत्कर्षमा पुगेको विवादका छिटा प्रकाश रिलिज ताका नै उछिटिएका थिए। सार्वजनिक कार्यक्रममा नै प्रदिपले भुवन विकास बोर्ड अध्यक्ष हुन् लायक नरहेको टिप्पणी दिएका थिए । शितयुद्ध अब भने विस्तारै सकिदै गएको आभाष हुदै आएको छ। प्रदिप बिग्रिएका हरेक सम्बन्ध सुधार्ने प्रयासमा रहेका छन्।

चलचित्र मेकर देखि मिडियासंग उनी अपनत्वको भाव प्रस्तुत गर्दैछन्। यहि बिग्रिएको सम्बन्धमा प्रदिप र भुवन नयाँ मोड दिने कोसिसमा देखिएका छन्। मंगलबार आयोजना भएको ‘निफ फिल्म फेस्टिभल’ को घोषणा समारोहमा प्रदिप र भुवन सम्बन्ध सुधार्न लागी परेको देखिएको छ। गत बर्षका अवार्ड विजेता प्रदिप खड्का मन्चमा अतिथिको रुपमा उपस्थित रहेका थिए। भुवन केसी केहि ढिला गरि कार्यक्रममा पुगे । स्टेजमा पुगेर भुवन र प्रदिपले अंकमाल गरे र हात मिलाए ।

कार्यक्रम अवधि भर दुवैले गफ गरेका थिए। लामै समय संगै स्टेज शेयर गरेका भुवन र प्रदिप एकै सोफामा बसेका थिए। भुवनले प्रदिपलाई सुपरस्टार भनेर सम्बोधन गरेका थिए। भुवनलाई पनि नेपाली चलचित्र क्षेत्रका सुपरस्टार भनेर चिन्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्