सकियो ‘डिग्री माईला’ को सुटिङ्ग, नयाँ बर्षमा रिलिज हुने


रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘डिग्री माईला’ को सुटिङ्ग सम्पन्न भएको छ। दयाहाङ राई र आंचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको सुटिङ्ग ४५ दिनमा सकिएको हो । दुई सेड्युलमा ओखलढुंगाको रुम्जाटारमा चलचित्रको सुटिङ्ग सम्पन्न भएको हो।

असोज १ गतेबाट ओखलढुंगाको रुम्जाटार गाउँमा पहिलो चरणको सुटिङ्ग गरिएको थियो। करिव २ महिनाको ब्रेकपछि काठमान्डौ हुँदै रुम्जाटार पुगेर चलचित्रको प्याकअप भएको हो। शिक्षित बेरोजगारको रुपमा दयाहाङलाई चित्रित गर्दै चलचित्रको फस्टलुक सार्वजनिक भैसकेको छ। बाँसुरी फिल्म्सको निर्माण तयार भएको चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा बोलेको छ। विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेको चलचित्र नयाँ बर्ष २०८१ मा रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्