प्रिन्ससँग बोल्ड शिल्पा, यस्तो बन्यो ‘रङ्गेली’ गीत


फागुन २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘‘रङ्गेली’ को ‘हातैले उघारेर’ बोलको गीत सार्वजनिक भएको छ । लिला गजमेर र निशान भट्टराईको स्वर रहेको गीतमा अर्जुन सुवेदीको शब्द र हुर्कलेस बस्नेतको संगीत छ ।


गीतको भिडियोमा प्रिन्स विश्वकर्मासंग अभिनेत्री शिल्पा मास्के बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्। गीतको भिडियोमा चलचित्रका केहि दृश्यहरु समेत समावेश गरिएको छ। प्रिन्स र शिल्पा दुवै चलचित्रमा अतिथि भूमिकामा प्रस्तुत भएका छन्। अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रुपेश झा, रमेश वुढाथोकी, शेखर चापागाँई लगायतको अभिनय रहेको छ। संसार चौलागाई र रमेश भट्टराईको लगानी रहेको चलचित्रमा जितेन्द्र खतिवडा र अनुज जंग शाह कार्यकारी निर्माताको रुपमा रहेका छन्। ग्याङस्टारको कथामा निर्माण भएको चलचित्र प्रतिक्षित रहेको छ।

प्रतिक्रिया दिनुहोस्