A vertical shot of the black cat in the dark darkness

बलियो ‘पिताम्बर’ स्टारकाष्ट: प्रदिपपछि आंचल र अनुपबिक्रम अनुबन्धित


निर्देशक कृषा चौलागाईको निर्देशनमा तयार हुने चलचित्र ‘पिताम्बर’ को स्टारकाष्ट बलियो बनेको छ। प्रदिप खड्का, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया र सुरक्षा पन्तलाई अनुबन्धित गरिसकेकी कृषाले चलचित्रमा थप दुई बलियो कलाकार अनुबन्धित गरेकी छिन्। प्रदिपले चलचित्र साइन गरेर ‘पुजार सार्की’ को सुटिङ्गमा हिडेका छन्। अभिनेत्री आंचल शर्मासंग कृषाले औपचारिक सम्झौता गरिसकेकी छिन्।

यो बीचमा कृषाले अनुप बिक्रम शाहीलाई भित्र्याएकी छिन्। चलचित्रमा उनि मुख्य भिलेनको रुपमा देखिनेछन्। एक्सन जनारमा निर्माण हुने चलचित्रको स्टारकाष्टले नै दर्शकलाई कौतुहलता सिर्जना गरेको छ। चलचित्रको केहि सिनको छायाकन यहि महिना गर्ने तयारीमा कृषा रहेकी छिन्। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। चलचित्रको बजेट झन्डै ५ करोड पुग्ने आंकलन गरिएको छ। स्टारकाष्टमा नै करोड बढी रकम खर्च हुने पक्का देखिएको छ।

प्रतिक्रिया दिनुहोस्